लुम्बिनी प्रदेश सरकारले १० विधामा ५७ जनालाई बिभुषित गर्दै

असल शासन प्रतिनिधि

बुटवल / लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा ५७ जनालाई प्रदेश पदकद्धारा विभुषित गर्ने घोषणा गरेको छ ।
सरकारले गठन गरेको पदक सिफारिश समितिको सिफारिश अनुसार संविधान दिवसको अवसरमा विभिन्न १० वटा विधामा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तिलाई उक्त सम्मान गर्न थालेको हो । संविधान दिवसको दिन आईतवार पदकको घोषणा गर्दै प्रदेश सरकारले प्रमुख सवा पदक क बाट अर्घाखाँचीका भूमिराज आचार्यलाई प्रदान गर्रिे भएको छ । आचार्यले नेपालको प्रजातान्त्रिक अन्दोलनका क्रममा भारतमा दर्जनौं पटक गिरफ्तार र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएको भन्दै उक्त पदक प्रदान गर्ने निर्णय गरेको हो । यसैगरी प्रदेश प्रमुख सेवा पदक ख कपिलवस्तुका रामवरण यादव, रुकुम पुर्वका प्रेम मल्ल र दिलमाया बीएम लाई प्रदान गरिने भएको छ । प्रदेश प्रमुख सेवा पदक ग भने ४ जनालाई दिईने प्रदेश सरकारले जनाएको छ । यसरी पदक पाउनेहरुमा शहीद बांकेका माता प्रसाद कुर्मी, गुलजार खान, रोल्पाकी लली रोका र वेपत्ता बर्दियाकी निर्मला योगी लाई दिईने भएको छ ।
यसैगरी मुख्यमन्त्री प्रज्वल दीप पदक क १ जना, ख २ जना, ग २ जना ले पाउने भएका छन्। प्रदेश सेवा समर्पण क १ जना, ख १५ जना र ग २ जनालाई दिइने भएको छ ।
त्यस्तै उजिरसिंह दीप पदक ख ४ जना, ग २ जना, समाजसेवा श्री पदक क १ जना, समाजसेवा श्री पदक ख ८ जना, ग २ जना, प्रदेश रत्न पदक ख १ जना, ग २ जना, पुथाश्री शिखर पदक ग १ जना, प्रदेश प्रज्ञा पदक ख २ जना, प्रजापति गौतमी पदक ख १ जना, ग २ जना, दंगीशरण बलिहाङ पदक ख १ जना र ग १ जनालाई प्रदान गरिने प्रदेश सरकारले राजपत्रमा उल्लेख गरेकोछ ।

यसरी घोषणा गरिएका पदकहरु प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिने लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

  • ३ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech