योजना आयोगका सदस्य शाहीको राजिनामा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले पदबाट राजिनामा दिएका छन् । नेपालको वर्तमान राजनीतिक घटनाक्रमप्रति असँतुष्टि जनाउदै शाहीले आज पदबाट राजिनामा दिएका हुन् । शाहीले सामाजिक सञ्जाल मार्फत प्रदेश योजना आयोगको सदस्यबाट राजिनामा दिएको जानकारी गराएका छन् ।


नेपालको राजनीतिक छिनाझप्टीबाट वाक्क भएर सदस्य पदबाट राजिनामा दिएको शाहीले बताएका छन् । शाहीले हामीले नेपाली जनतालाई हाम्रा आफ्ना निहित स्वार्थका लागि कहिले सम्म बन्धक बनाउने भनेर आफ्नो फेसबुक स्टाटस मार्फत प्रश्न गरेका छन् । शाहीले देशमा भस्सि कती खेलिरहनु र कस्का लागि खेलिरहनु भनी प्रश्न गर्दै अव भस्सि खेल्न नसकिने जनाउ दिदै राजिनामा दिएको जनाएका छन् ।

  • ४ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech