नेपालगन्जको एक होटलमा युवतीको शंकास्पद मृत्यु

असोज २ गते बर्दियाबाट नेपालगन्ज आई नेपालगन्जको पुस्पलाल चौक स्थित दुल्लु सिम्ताली भिजन होटलमा बसिरहेकी बारबर्दिया नगरपालिका वडा नम्बर ७ की सोनी परियारको शब होटलको एक कोठामा पंखामा झुण्डीएको अवस्थामा फेला परेपछि घट्ना शंकास्पद बनेको छ ।

लोक बहादुर घर्ती

नेपालगन्ज । केही दिन देखि घर परिवारको सम्पर्क बाहिर रहेकी बर्दियाकी सोनी परियार नेपालगन्जको एक होटलमा रहस्यमय पंखामा झुण्डीएको अवस्थामा मृत फेला परेकी छिन् ।
बारबर्दिया नगरपालिका वडा नं. ७ की सोनी परियार नेपालगन्जको पुष्पलाल चोक स्थित दुल्लु सिम्ताली भिजन होटलमा अशोज ४ गते शंकाष्पद अवस्थामा मृत भेटीएकी छिन् । दाई र भाउजुसँग असोज २ गते मृतक सोनी नेपालगन्ज आएर उक्त होटलमा बस्दै आएको बताईएको छ । होटलमा बस्दै आएकी सोनीको शब असोज ५ गते होटलमा नै झुन्डिएको अवस्थामा भेटिएको थियो । अन्दाजी २१ बर्षिया सोनी होटलमा बस्दा सामान्य अवस्थामा रहेको बताईएको छ ।
बर्दियाबाट दाई भाउजु भन्दै घर परिवारको जानकारी बिना नेपालगन्जमा आएर सोनी किन होटलमा बस्दै आएकी थिईन बिषय शंकास्पद रहेको श्रोत बताउछ । मृतक सोनीसँगै आएका दाई भाउजु भनीएका दुबै जना अहिले सम्पर्क विहिन छन् । यसरी उनीसँगै आएका ब्यक्तिहरु सम्पर्क विहिन भएपछि उनको मृत्यु थप रहस्यमय बन्दै गएको छ । होटलमा बसेका युवतिहरुका बारेमा होटल संचालकले अलमल हुने गरी जवाफ दिएकोले घट्ना झनै शंकास्पद भएको श्रोतको दाबी छ ।
घट्नाका बिषयमा अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए । घट्नाको प्रारम्भिक अनुसन्धनमा युवतिको शब होटलको कोठामा झुण्डीएको अवस्थामा भेटिएको उनले बताए । शबको तल टुवुल राखिएको समेत पाईएको बताउदै उनले घट्ना हत्या हो वा आत्महत्या भन्ने बारेमा प्रहरीले अनुसन्धान गरीरहेको असल शासनलाई बताए । लासलाई पोष्टमार्टमका लागि लगिएको भन्दै थप अनुसन्धानको आधारमा घट्ना के हो भन्ने एकिन हुने उनले बताए । होटल सञ्चालक, स्थानीय सँग सोधपुछ र मृत युवतिसँग आएका भनीएका ब्यक्तिको खोजी गरिरहेको उनको भनाई थियो ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech