नेपालगन्जमा सेवा नेपाल

असल शासन प्रतिनिधि

नेपालगन्ज/ विभिन्न सामाजिक तथा मानविय कार्य गर्ने उद्देश्यले स्थापना भएको सेवा नेपाल बाँकेको उद्घाटन कार्यक्रम सप्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगरको प्रमुख आथित्यमा मंगलबार संस्थाको बिधिवत उद्घाटन भएको हो । बाँके जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्थाले देशै भरी विपन्न परिवारलाई गाँस, वास, कपास शिक्षा, स्वास्थको ब्यवस्थापन गर्ने, शारीरिक अशक्त भएका ब्यक्तिलाइ सहयोग गर्ने, बिभिन्न मानविय कार्य गर्ने, लगायतका कार्य गर्ने उद्देश्य राखेको छ ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी थापा मगरले समाज रुपान्तरणमा नागरिक समाजका संस्थाहरुको भुमिका उल्लेखनिय रहेको बताउदै उद्देश्य अनुरुपको कार्य गर्न संस्थालाई सुभकामना दिइन् । कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले हरेक परिवर्तन र सामाजिक कार्यमा गैससको भुमिका महत्वपुर्ण भएको बताए । नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोइरालाले धेरै बर्ष पछि नयाँ संस्था नयाँ जोस जागरका साथ, स्वास्थ्यकर्मी युवाहरु र संचारकर्मी मिलेर सामाजिक कार्य गर्न जागरुक भएकोमा खुसी ब्यक्त गरिन् ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मो सफिक बेहना, संस्थाका सल्लाहकार प्रकाश मेडिकलका प्रोपराइटर डा.प्रकाश नाग, सल्लाहकार डा. रोमा बोरा, नेकपा एमालेका दत्त प्रसाद आचार्य लगायतले संस्थालाई सफल्ताको शुभकामना दिएका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी संचारकर्मी स्वास्थ्यकर्मी ,जनप्रतिनिधि लगाएतको उपस्तिथि रहेको थियो ।

संस्थाकी अध्यक्ष लाल माया शाहिको अध्यक्षतामा भएको कार्यक्रम इन्जिनियर विबेक लामिछानेले संचालन गरेका थिए, स्वागत मन्तब्य संस्थाकी मनिषा चिलुवालले गरेकी थिइन् ।

  • ६ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech