सामाजिक सेवा दिवसमा स्वयम् सेवक समुहले गर्यो सामाजिक कार्य

जसले जे सक्छौं त्यही सहयोग गरौं अभियान अन्तरगत बास स्वयम् सेवक समुहले भेरी अस्पताल नेपालगन्जको इमरजेन्सी वार्ड र जनरल वार्डमा रहेका ८० बढी बिरामीलाई फलफुल बितरण गर्नुका साथै कपडा बैंकमा ३० जोडी कपडा दान गरिएको छ ।

असल शासन प्रतिनिधि

नेपालगन्ज / सामाजिक सेवा दिवसको अवसरमा बास स्वयम् सेवक समुहले बिरामीहरुलाई फलफुल बितरण गरेको
छ ।
जसले जे सक्छौं त्यही सहयोग गरौं अभियान अन्तरगत विभिन्न व्यक्ति बाट गरिएको सहयोग संकलन मार्फत नेपालगन्ज स्थित भेरी अस्पतालमा रहेका बिरामी र अस्पतालको इमरजेन्सी वार्डमा ड्युटिमा रहेका स्वाथ्यकर्मीहरुलाई फलफुल बितरण गरेकोे हो ।


भेरी अस्पताल नेपालगन्जको इमरजेन्सी वार्डमा रहेका बिरामीलाई फलफुल दिएर भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापा, बासका केन्द्रीय महासचिब तथा स्वयम् सेवक विभाग प्रमुख शिब कुमार बर्मा र निमित्त कार्यकारी निर्देशक हेमराज भट्टले कार्यक्रमको उद्घाटन गरेका थिए । सो क्रममा अस्पतालको इमरजेन्सी वार्ड र जेनरल वार्डमा गरी ८० बढी बिरामीलाई फलफुल बितरण गरिएको थियो ।

बास स्वयम् सेवक संयोजक तपेन्द्र बहादुर मलातीले सञ्चालन गरेको कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापा, बासका निर्वतमान अध्यक्ष मन भण्डारी, केन्द्रीय महासचिब तथा स्वयम् सेवक विभाग प्रमुख शिब कुमार बर्मा, निमित्त कार्यकारी निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक रबिन्द्र बोहरा, जनसम्पर्क अधिकृत मुना बिष्ट, सिएफए लोक बहादुर घर्ती र स्वयम् सेवकहरु रश्मि दर्जी, बिष्णु न्यौपाने, श्यामकली चौधरी, निशा खड्का, सुबोधमान उदास, शतिस चन्द्र मिश्र, आरति चौधरी, रेबिका नेपाली, समृद्ध राना, सोनी शर्मा, सरिन श्रेष्ठ, अनुज थापा, सोनी बढही र प्रदिप बोहरा लगायतले बिरामीहरुलाई फलफुल वितरण गरेका थिए । फलफुल वितरण कार्यक्रमका लागि बासका पूर्ब लेखा अधिकृत प्रतिक्षा गिरी र स्वयम् सेवकहरुले स्वस्फूर्त रकम संकलन गरेका थिए ।

यसैगरी दिवसकै अवसरमा बासका स्वयम् सेवकहरुले नेपालगन्जको गणेशमान चौकमा सञ्चालीत कपडा बैंकमा कपडा डोनेट गरेका छन् । कपडा बैंकमा नै पुगेर स्वयम् सेवकहरुले झडै ३० जोड बढी कपडा डोनेट गरेका छन् । बासका पदाधिकारी तथा स्वयम्सेवकहरुले आफुले सकेजति सामाजिक सेवा दिवसमा सहयोग गरि बिरामी तथा गरिब विपन्नका लागि सहयोग हस्तान्तरण गरेको बास स्वयम् सेवक समुह संयोजक तपेन्द्र बहादुर मलातीले बताए ।

  • ६ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech