अध्यक्षको कार्यकक्षमा पेट्रोल छर्केर आगजनी घट्नामा संलग्न युवा फरार

असल शासन प्रतिनिधि

सुर्खेत / वडा अध्यक्ष कार्यालयमा उपस्थित नभएको भन्दै सेवाग्राहीले सुर्खेतको एउटा वडा कार्यालयमा आगजनि गरेर फरार भएका छन् ।
कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत स्थित बिरेन्द्र नगर नगरपालिका वडा नम्बर १ को कार्यालयमा स्थानीय युवाले पेट्रोल छर्केर आगजनी गरि फरार भएका हुन् । प्राप्त जानकारी अनुसार सोही वडाका स्थालिन छामिछाने बिहान १० बजे नै वडा कार्यालयमा आएका थिए । उनी वडा कार्यालयमा आउदा वडा अध्यक्ष गंगा राम सुनार बाहिर रहेको र उनलाई फोन गरेर कार्यालय समयमा किन नआएको भन्दै धम्क्याएको बुझिएको छ । वडा अध्यक्ष सुनार बिरेन्द्रनगर मै एउटा कार्यक्रममा सहभागि भएको र कार्यवाहक अध्यक्ष आएपछि काम गर्नु भनेपछि ति युवाले रिसको झोकमा कार्यालयमा पेट्रोल छर्केर आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनी वडा कार्यालयमा रहदा कार्यालयमा एक जना सहयोगी र एक जना अर्को कर्मचारी गरी दुई जना मात्रै रहेको र तत्काल पेट्रोल छर्केर वडा अध्यक्षको कार्यकक्षमा आगजनि गरेर फरार भएको बुझिएकोे छ । आगालागी गरेपछि वडाका कर्मचारीहरुले तत्काल प्रहरीलाई खबर गरेपनि प्रहरी आईपुग्दा सम्म ति युवा फरार भईसकेका थिए । आगलागिबाट वडा अध्यक्ष सुनारको कार्यकक्षमा रहेका कुर्सी, टेवल, सोफा, दराज लगायत फाईल र कागजातहरु नष्ट भएको वडा अध्यक्ष गंगाराम सुनारले बताए । घट्नाका बिषयमा असल शासनसँग कुरा गर्दै वडा अध्यक्ष सुनारले विकास कारण सरकारी सम्पत्ति माथि आगाजनी गरेको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो सुरक्षा नभएसम्म वडा कार्यालय नजाने बताएका छन् । आगजनि गर्ने युवाको वुवासँग वडा अध्यक्ष सुनारको ज्वाई नाता पर्ने बुझिएको छ । केही बर्ष अगाडी ऐलानी जग्गाको बिषयमा लामिछानेको बुवा र वडा अध्यक्ष बिच विवाद समेत भएको श्रोतले बतायो ।
घट्नाका बिषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक कनक शाहीले आगो लगाएका युवा फरार रहेको र उनको खोजी भईरहेको बताए ।

  • ६ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech