गजल

गौरी रिजाल

ब्याख्या होइन परिवर्तन गरेर देखाउ
सिद्धान्त होईन प्रयोगमा ढालेर देखाउ

धेरै हेरियो सुनियो तिम्रो राई दाई
भाषण होईन अब कर्म उतारेर देखाउ

पिडामाकति जलाउछौ मातृ भुमिलाई
चोट होईन उनमा प्राण भरेर देखाउ

छाडिदेउ लुटतन्त्र जनता नाङ्गा भैसके
स्वार्थ होईन सेवामा अधि सरेर देखाउ

गहुसगै घुनहरु धेरै पिसि सक्यौ यहाँ
मारेर होईन अरू आफु मरेर देखाउ

  • ७ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech