अनाबियाको न्यायका लागि त्रिभुवन चौकबाट दवाब

असल शासन प्रतिनिधि

नेपालगन्ज / मोटर साइकलले ठक्कर दिएपछि ज्यान गुमाएकी अनाबिया राईको न्यायका लागि दबाबमुलक बृहत नागरिक आन्दोलन सुरु भएको छ ।
राईको ज्यान गएको एक महिना वितिक्दिा समेत न्याय पाउन नसकेको भन्दै आज नेपालगन्जको त्रिभुवन चौकमा बिरोध प्रर्दशन भएको छ । झण्डै आधा घण्टा सम्म चौकको सम्पूर्ण आवागमन समेत ठप्प पारेर गरिएको बिरोध प्रदर्शनमा बोल्दै मृतक राईका बुवा ईमरान राईले बिच शहरमा भएको दुर्घटनाका दोषिलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै दुःख ब्यक्त गरे । यथासक्य दोषिलाई पक्राउ गरी छोरीलाई न्याय दिन उनले प्रहरीसँग जोरदार माग गरेका छन् ।
कार्यक्रममा बोल्दै स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका राष्ट्रिय पार्सद कमल बि.के निर्माेहीले बिच बजारमा मोटरसाईकल आएर ठक्कर दिएर जादा सम्म सुरक्षार्थ खटिएका प्रहरी कहाँ थिए प्रश्न गरेका थिए । उनले शहरका संवेदनसिल स्थानमा जडान गरिएका सिसि क्यामेराले काम नगर्नु नगरको सबै भन्दा ठुलो कमजोरी र लापरबाहि भएको बताएका थिए । उनले अनाबियालाई न्याय दिलाउन सबैले दवाव दिनुपर्नेमा जोड दिए । भाद्र ७ गते मोटर साइकलले ठक्कर दिएपछि राईले ज्यान गुमाएकी थिईन् । उत्त दवाव मुलक कार्यक्रममा सहभागि युवाहरुले यथासक्य न्यायको दवावका लागि विभिन्न नारा अंकित पोष्टर टाँस गरेर बिरोध प्रर्दशन गरेका थिए ।

  • ७ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech