डुडुवामा कोभिड १९ बिरुद्ध छलफल चौतारी

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोभिड १९ बिरुद्ध बाँकेको डुडुवा गाउँपालिकाका दुई वटा वडामा छलफल चौतारी कार्यक्रम भएकोे छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ र २ मा कोभिड १९ बिरुद्धको जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको होे । दलित महिला सँघ फेडोको आयोजनामा भएको कार्यक्रममा कोभिड १९ बिरुद्ध अपनाउनुपर्ने सावधानिका बिषयमा जानकारी गराईएको थियो ।


फेडोका जिल्ला परियोजना संयोजक दिलिसा गौतमले सञ्चालन गरेको कार्यक्रममा वडामा कोभिड १९ को अवस्था र सावधानिका उपायका बारेमा डुडुवा गाउँपालिका वडा नम्बर १ स्थास्थ्य चौकी प्रमुख कमल प्रसाद उपाध्याय र स्वास्थ्य चौकी वडा नम्बर २ का प्रमुख हेमन्त किशोर शर्माले जानकारी गराएका थिए । फेडोका अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा भएको कार्यक्रममा वडाका पदाधिकारीहरु, कृषि शाखाका प्रतिनिधि, बिद्यालयका शिक्षक, स्थानीय प्रहरी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

  • ७ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech