कमलसिंहको हत्या भएको प्रहरीको पुष्टी

भुबि बिष्ट

बैतडी / बिहीवार बैतडीमा मृत भेटिएका कमल सिंह महराको हत्या भएको प्रहरीले पुष्टी गरेको छ ।
सुर्नया गाउँपालिका वडा नम्बर ४ लेकडाँडा घर भई सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय स्थानीय व्यापारी कमलसिंह महराको मृत्युको आशंकामा पक्राउ परेका ब्यक्तिहरुले हत्या गरेको स्विकार गरेपछि उक्त पुष्टी भएको हो ।
मृत अवस्थामा भेटिएका कमलसिंहको टाउको, छाती र शरिरका अन्य भागमा चोट देखिएको थियो। मृतक महरा र घट्नाको आशंकामा पक्राउ परेका ब्यत्तिहरुले बुधबार राति सँगै बसेर रक्सी पिएको र विवाद उत्पन्न भएपछि उनको हत्या गरेको हुनसक्ने प्रहरी श्रोतको दाबी छ । महराको टाउकोमा खानेपानीको फलामे जिआई पाईपले हानेर हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक प्रतिबेदनले देखाएको छ । घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले सोही दिन सात जनालाई पक्राउ गरेको थियो । घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • ८ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech