बास कोहलपुर उपशाखामा अस्मिता

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास कोहलपुर उपशाखाको अध्यक्षमा अस्मिता पुन सर्व सम्मत चयन भएकी छिन् ।
बाँकेको कोहलपुर नगरपालिकामा असोज ८ गते शनिवार सम्पन्न उपशाखाको दोश्रो अधिबेशनले पुनको नेतृत्वमा १३ सदस्सीय समिति चयन गरेको छ । यसरी निर्वाचित समितिको उपाध्यक्षमा दिपिका रोकाय, सचीवमा आशा सिंजाली मगर, सह सचीवमा पुजा बिक र कोषाध्यक्षमा रेबिका नेपाली चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा क्रमशः बिन्दु कुमारी बिष्ट, पुष्पा शाही, करिश्मा छेत्री, प्रेम शिरिस मगर, मुना परियार, अस्मिता बिष्ट र पुष्पा परियार रहेका छन् । सर्व सम्मत रुपमा चयन गरिएको समितिको उपशाखाको दोश्रो अधिबेशनका निर्वाचन अधिकृत हेमराज भट्टले घोषणा गरेका थिए । अधिबेशनबाट निर्वाचित समितिलाई आज नै बधाई तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

शाखाको दोश्रो अधिबेशनको उद्घाटन सत्रमा श्भकामना मन्तब्य राख्दै बासका केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकीले कोहलपुरमा भ्रष्टाचार बिरुद्धको अभियानलाई सशक्त रुपमा अगाडी बढाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताईन् । यस अघिको समितिले निकै उत्कृष्ट कार्य गरेको भन्दै सबै युवाहरुलाई समेटेर अगाडी बढ्ने बिस्वास ब्यक्त गरिन । कार्यक्रममा बोल्दै बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले नगरभित्र भईरहेका गलत कार्यहरुको बिरोध गरि सभ्य समाज निर्माणमा भूमिका निर्वाह गर्न कोहलपुरका युवाहरुलाई अपिल गरे । उनले उपशाखाले क्रियाकलापमा सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा बास बासगढी बर्दिया उपशाखाका अध्यक्ष राज चौधरी, बास शम्सेरगन्ज ईकाईका सल्लाहकार तथा कलाकार जित बहादुर थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

बास बाँके शाखका सह सचिब शर्मिला थापाले सञ्चालन गरेको कार्यक्रममा अधिबेशनको बारेमा जानकारी बास बाँके शाखा अध्यक्ष रबिन्द्र बोहराले गरेका थिए भने कार्यक्रमको धन्यबाद ज्ञापन सहित समापस कार्यक्रममा सभाध्यक्ष देबि चन्दले गरेकी थिईन् ।

  • ९ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech