सुत्केरीको मृत्यु भएपछि नवजीवन अस्पतालमा तनाव

असल शासन प्रतिनिधि

कैलाली / धनगढीको नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु भएपछि अस्पताल तनाबग्रष्त बनेको छ ।
डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएपछि आइतबार बिहानै देखि अस्पतालमा तनाव भएको हो । मृतक सुत्केरीका आफन्तहरुले डाक्टको लापरवाहिका कारण मृत्यु भएको भन्दै बिरोध गरिरहेका छन् । आफन्तहरुले अस्पतालसँग मृतकको मेडिकल रिपोर्ट माग गर्दै मृत्युको कारण खुलाउन माग गरेका छन् । बिहानै देखि अस्पताल परिसरमा आन्दोलन गर्दै उनीहरुले अस्पताल घेराउ गरेका छन् । मृतक ससुरा लोकेन्द मल्लले बुहारीको ज्यान अस्पतालको लापरवाहिका कारण भएको बताए ।
आफन्तहरुले अस्पताल घेराउ गर्दै नाराबाजि गर्न थालेपछि सम्भावित तनाव नहोस भन्दै अहिले अस्पतालमा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मृतकका आफन्तले अस्पताल घेराउ गर्न थालेपछि प्रहरी परिचालन गरिएको बताए ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech