अवैध राँगा प्रहरी नियन्त्रणमा

असल शासन प्रतिनिधि

नेपालगन्ज / अबैध रुपमा भन्सार छली ल्याउदै गरेको राँगा बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिवार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ बाट राँगा नियन्त्रणमा लिएको हो ।
बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ६ जिउ राँगा झण्डै १ लाख ५० हजार बरावरको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी आएको भन्ने सूचना पाएपछि राँगा तस्कर फरार भएको बुझिएको छ । नियन्त्रणमा लिएको राँगालाई बाँके प्रहरीले आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्ज पठाएको जनाएकोछ ।

 

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech