अस्पतालको लिखित स्पष्टिकरण अत्यधिक रक्तश्राव मृत्युको कारण

असल शासन प्रतिनिधि

धनगढी / सुत्केरीको मृत्युको बिषयमा नवजीवन अस्पताल कैलालीले प्रेस बिज्ञप्ती मार्फत स्पष्टिकरण दिएको छ ।

अस्पतालले मृतक मल्लको सामान्य सुत्केरी नभएपछि भ्याकुम प्रयोग गरी सुत्केरी गराएको अपरेसन मार्फत सुत्केरी गराउदा अत्यधिक रक्तश्राप भएर मृत्यु भएको जनाएको छ । अस्पतालले ३९ हप्ताकी गर्भवती मल्लको पाठेघरको मुख नरम मात्रै भएर एक घर खुलेको र औषधीले अर्को घर खुलाइएको, बच्चाको धड्कन कम हुँदैं गएको र आमामा बच्चा जन्माउने बल नपुगेपछि भ्याकुम प्रयोग गरेर डेलिभरी गराइएको जनाएको छ। त्यसपछि पनि पाठेघरको मुख फराकिलो नभएपछि इपिसियोटोमी एक्सटेन्डेड टियर दिइएको टियरलाई सिलाउनका लागि प्रयास गर्दा अत्याधिक रक्तस्राव भएका कारण थप स्वास्थ्य अवस्था बिग्रीदै गएको उल्लेख छ। डाक्टरहरुले रक्तश्राप रोक्न भरपुर प्रयास गर्दा समेत रक्तस्राव नरोकिएपछि कार्डियाक एरेष्ट भएर बिरामीको मृत्यु भएको अस्पतालको भनाई छ ।
शनिवार बिहान १० बजे पेट दुखेर ६ वर्षीया सुत्केरी कल्पना सिंह मल्ल अस्पताल भर्ना भएकी थिईन् । उनी भर्ना भएदेखि नै उनको देखभाल अस्पतालमा बिशेषज्ञ डाक्टरहरुको टोलीले गरिरहेको अस्पतालले जनाएको छ ।
अस्पतालले मल्ल नियमित नवजीवन अस्पतालमा गर्भजाँच गराउँदैं आएकी र उनलाई बचाउन नसकिएको भन्दै सम्वेदन प्रकट गरेको छ ।
आज बिहान मल्लको मृत्यु भएपछि आफन्तहरुले डाक्टरको लापरवाहिका कारण मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका थिए । मृतकका आफन्तहरुले अस्पताल घेराउ गरेपछि तनावग्रष्ट भएकोमा स्थिती नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech