प्राध्यापक डा. आचार्यको पुस्तक मेरो आदर्श, मेरो विश्वास सार्वजनिक हुदै

असल शासन प्रतिनिधि

नेपालगन्ज / राजनीतिशास्त्रका प्राध्यापक बौद्धिक व्यक्तित्व डा.जनार्दन आचार्यको पुस्तक मेरो आदर्श, मेरो विश्वास प्रकाशन भएको छ ।
पञ्चायतकाल देखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई समेटेर संस्मरणात्मक पुस्तक प्रकाशन गरिएको क्रियटिभ बुक्सका अध्यक्ष टिएस ठकुरीले जनाए ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको उक्त पुस्तक असोज १९ गते सार्वजनिक गर्ने तयारी भईरहेको प्रकाशकले जनाएको छ । पुस्तकमा नेपाली राजनीतिको दुइधारका नायक वीपी कोइराला र पुष्पलाल श्रेष्ठसँगका संस्मरण, उनीहरुको आचरण र व्यवहारलाई पुस्तकमा उतारेको प्रकाशकको दावी छ ।
पुस्तकमा दाङको कम्युनिष्ट आन्दोलन, दाङ, बनारस र तत्कालीन कोर्डिनेशन केन्द्रसँगको सम्बन्ध, विद्यार्थी आन्दोलन र विश्व विद्यालयभित्रको राजनीतिसँग सम्बन्धित संस्मरणले पुस्तकलाई थप रोचक बनाएको छ । नेपालमा रहेका राजनितिक दलहरुमा देखिएको सैद्धान्तिक विचलन, नेपालको भारत र चीनसँगको कुटनीति सम्बन्धबारे आफ्ना अनुभूति आचार्यले पुस्तकमा उल्लेख गरेका छन् ।
पुस्तकको सहलेखन पत्रकार कुमार श्रेष्ठ र सम्पादन पत्रकार जनक नेपालले गरेका छन् ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech