चितुवाको आक्रमणबाट २२ वटा खसी बाख्रा मरे

असल शासन प्रतिनिधि

गुलरिया / बर्दियाको गुलरियामा रहेको एक पशुपंक्षी तथा बाख्रा पालन फर्ममा चितुवाले आक्रमण गर्दा २२ वटा खसी बाख्रा मरेका छन् ।
बदिैयाको गुलरिया नगरपालिका वडा नम्बर ५ सन्तोषी टोलका चन्द्रकान्त पौडेलले सञ्चालन गरेको उक्त फर्ममा आईतवार राति चितुवाले आक्रमण गरेको थियो । राति एकाएक फर्ममा चितुवा पसेपछि फर्म चित्र रहेका २२ वटा खसी बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । सो क्रममा मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech