अबैध बालुवा लोड गरिरहेका दुई ट्याक्टर प्रहरी नियन्त्रणमा

असल शासन प्रतिनिधि

गुलरिया / बबई नदिबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लोड गरी रहेका दुई ओटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बारबर्दिया नगरपालिका वडा नम्बर २ स्थित बबई नदीमा अबैध रुपमा बालुवा उत्खनन् गरीरहेका भे १ त ९५९६ र भे १ त ५७५८ नम्बरका दुई वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ट्याक्टरसँगै प्रहरीले ट्याक्टर चालक बर्दिया बारबर्दिया नगरपालिका १ जोगीगाउँ का ३० बर्षिया बिमल सुनार र ३० बर्षका थिर लाल बिकलाई समेत पक्राउ गरेको थियो ।
ईलाका प्रहरी कार्यालय बानियाभार बाट खटिएको प्रहरी टोलिले पक्राउ परेका ट्याक्टर ड्राईभरलाई आवश्यक कारबाहीको लागी बारबर्दिया नगरपालिकाको कार्यालय जयनगर पठाईएको जनाएको छ ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech