बर्दियाको सत्तिघाट पुल अनिश्चित समयकालागि बन्द

असल शासन प्रतिनिधि

बर्दिया / बर्दियाको राजापुर र कैलालीको टिकापुर जोड्ने सत्तिघाट पुल अनिश्चित समयमा लागि बन्द गरिएको छ ।
हुलाकी राजमार्ग अन्तरगत राजापुर नगरपालिका वडा नम्बर ४ मा रहेको उक्त पुलको पिल्लर असार १२ गते आएको बाढीका कारण भासिएपछि मर्मतका लागि भन्दै आवागमन बन्द गरीएको छ ।


पुलमा क्षति भएकोले मर्मत कार्य चलीरहेको भन्दै असोज ११ गते देखि पुल मर्मत नहुदा सम्म पैदल उात्रु बाहेक अन्य आवात जावतमा रोक लगाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
असारमा केही दिन निरन्तर बर्षा भएपछि पुलको बर्दिया साईड भासिएको थियो ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech