उद्यमशिलता गर्न चाहने युवालाई वडाले सहयोग गर्ने

असल शासन प्रतिनिधि

नेपालगन्ज / स्थानीय युवाहरुले कृषि पेशा गर्न चाहेमा आवश्यककता अनुसार विउ बिजन र जग्गा वडाले उपलब्ध गराउने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ ले प्रतिबद्धता गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा बैदेशिक रोजगारबाट फर्किएका युवा र सरोकारवाला बिच भएको अन्तरक्रिया कार्यक्रममा उक्त प्रतिबद्धता गरिएको हो ।


वडा अध्यक्ष ओमकार नाथ मिश्रा, नेपालगन्ज उपमहानगरपालिकाका रोजगार संयोजक सरोज हरिजन लगायत लगायत पदाधिकारीहरु उपस्थित रहेको कार्यक्रममा स्थानीय युवाहरुको क्षमता बिकास र सशक्तिकरणका कार्यक्रम सञ्चाल गर्ने प्रतिबद्धता गरिएको हो ।
बैदेशिक रोजगारबाट फर्किएका युवाहरु र सरोकारवालाहरु बिचमा भएको दोहोरो छलफल पश्चात ५ बुदें प्रतिबद्धता गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा स्थानिय युवा समुहमा कुनै पनि योजना बनाइ आएमा वडाले सहयोग गर्ने, कृषि क्षेत्रमा काम गर्न चाहने युवाहरुका लागि आवश्यककता अनुसार विउ बिजन र जग्गा वडाले उपलब्ध, युवाहरुको शिप विकासका सरोकारवाला निकायमा आवश्यक समन्वय गर्ने, वडामा हुने हरेक कार्यक्रममा स्थानीय युवाहरुको सहभागिता सुनिश्चित गर्ने र स्थानीय युवा समुहहरु सुचिकृत हुन चाहेमा वडाद्वारा प्रदान गरिने सेवा प्रदान गर्ने प्रतिबद्धता गरिएको छ ।


बास नेपाल र एकाउण्टविलिटि ल्याबको आयोजनामा भएको कार्यक्रममा वडा अध्यक्ष ओमकानाथ मिश्रा, वडा सदस्य सन्तोष कुमार मिश्र, ऋषि राम बर्मा, महिला वडा सदस्य सरुनिसा कबडिया, नेपालगन्ज उपमहानगरपालिका रोजगार संयोजक सरोज हरिजन, बासका केन्द्रिय महासचिव सिव कुमार बर्मा, केन्द्रिय सदस्य दशरथ कोरी लगायतको उपस्थिती रहेको थियो । परियोजनाका सिएफए लोक बहादुर घर्तीले सन्चालन गरेको कार्यक्रममा ४० बढिको सहभागिता रहेको थियो ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech