नेपालगन्ज उपमहानगरपालिका बोर्ड बैठकमा बोतल हानाहान

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकमा बोतल हानाहान भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको सभाहलमा कार्यपालिका बैठक शुरु भएको केही समयमा नै नगरको बजेटका बिषयमा विवाद उत्पन्न भएपछि हातहालाहाल र बोतल हानाहान भएको थियो । प्राप्त जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिकाले कार्यपालिका सदस्यले खर्च गर्न मिल्ने गरी विनियोजन गरेको बजेटका बिषयमा विवाद भएको र विवाद उत्कर्षमा पुगेपछि कार्यपालिका सदस्य देउमल सुनारले वडा नम्बर ५ का अध्यक्ष कैफुलवरा जोलाह माथि बोतल प्रहार गरेका थिए । यसरी कार्यपालिका सदस्यको बोतल प्रहार पछि प्रतिकार गर्दै वडा अध्यक्ष जोलाहले पनि बोतल नै प्रहार गरेपछि उक्त प्रहार वडा नम्बर ६ का अध्यक्ष शमिर प्रताप सिंहको आखाँमा लागेको थियो । यसरी दोहोरो हानाहान पछि केही समय कार्यपालिका बैठकमा हात हालाहाल र होहल्ला भएको थियो । कार्यपालिका सदस्यहरु नै आपसमा भिड्न थालेपछि वडा अध्यक्षहरुले दुई पक्षलाई साम्य पारेको बताईन्छ । त्यस पछि केही समय कार्यपालिका सदस्य विना नै वडा अध्यक्षहरुको बैठक गरिएको बुझिएको छ । केही समय विवाद चर्कीएको भएपनि पछि भने बैठक शुचारु भएर शौहार्द रुपमा नै सकिएको एक वडा अध्यक्षले बताए । बैठकमा कार्यपालिका सदस्यले खर्च गर्ने बजेटको पारदर्शिताका बिषयमा प्रश्न उठेपछि माहोल एकाएक तातिएको बताईएको छ ।
कार्यपालिका सदस्यले खर्च गनै भनी विनियोजन गरिएको १२ लाख रुपैयाको पारदर्शिताका बिषयमा केही वडा अध्यक्षहरुले प्रश्न उठाएपछि विवादको सिर्जना भएको नेपालगन्ज उमपहानगरपालिकाका प्रबत्ता प्रमोद रिजालले बताए । उनले विवाद बढ्दै जादा हातहालाहाल र बोतल हानाहान भएको बताए । उनले असल शासनसँग कुरा गर्दै भने बैठकमा भएको विवादलाई सामान्य रुपमा लिईयो यस्तो हुन्छ भन्ने कल्पना नै गरिएको थिएन एकाएक आवेगमा आएर बोतल हानाहान हुदा यो अवस्थाको सिर्जना भयो । उनले कार्यपालिका बैठकमा चार बर्षे अवधिमा कहिले पनि यस्तो नभएकोले घट्नाले नराम्रो सन्देस प्रवाह गरेको बताए ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech