मानसिक स्वास्थ्यका बिषयमा बजेट विनियोजन गर्ने प्रतिबद्धता

असल शासन प्रतिनिधि

कोहलपुर / कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले मानसिक स्वास्थ्य सम्बन्धी जानकारी नभएको बताएका छन् ।
असोज १० गते मनोसामाजिक मानसिक स्वास्थ्यलाई स्थानिय तहमा समाहित गर्ने विषयमा नगर कार्यपालिकामा भएको एक दिवशिय कार्यशाला गोष्ठीमा बोल्दै नगर प्रमुख रावतले यस्तो बताएका हुन् । मानसिक स्वास्थ्य विषयमा अहिलेसम्म कुनै निति तथा कार्यक्रम तयार नपारेको भन्दै प्रमुख रावतले आगामी दिनमा आवश्यकताको आधारमा बजेट विनियोजन गर्ने बताए ।

बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टिपोओ) ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका सभापति अजय श्रीवास्तवले भौतिक बिकास भन्दा सामजिक बिकास तर्फ केन्द्रित हुन कोहलपुर नगरपालिकालाई सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरीले जोखिममा रहेका द्वन्द्व तथा यातना पिडित, लैंगिक हिंसामा परेका व्यक्तिहरुको मानसिक स्वास्थ्यका लागि विशेष योजना निर्माण गर्ने प्रतिबद्धता गरिन् ।


कार्यक्रमको सहजिकरण मनोविज्ञ प्रा. डा. शिशिर शुब्बा, टिपिओ नेपालका कार्यक्रम संयोजक पिताम्बर कोइराला र प्राविधिक सल्लाहकार सुरज कोइरालाले गरेका थिए । कार्यक्रममा कोहलपुर नगरपालिका उप प्रमुख सञ्जु कुुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र बहादुर केसी, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु, द्वन्द्व पिडितहरु लगायतको उपस्थिति रहेको टिपिओका कन्सल्टेन्ट आलम खानले बताए ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech