नेपालगन्जमा परिक्षणकालीन लाइसेन्स वितरण शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज / यातायात ब्यवस्था कार्यालय नेपालगन्जले परिक्षणकालीन सवारी चालक अनुमती पत्र वितरण शुरु गरेको छ ।
यातायात ब्यवस्था कार्यालय नेपालगन्जको आयोजनामा आज भएको एक औपचारीक कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पहिलो परिक्षणकालीन लाइसेन्स सेवाग्राहीलाई वितरण गर्दै अनुमती पत्रको उद्घाटन गरेका थिए ।

यातायात ब्यवस्था कार्यालयका निमित्त प्रमुख पूर्ण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, शसस्त्र प्रहरी प्रमुख अशोक बम, वडा प्रहरी कार्यालय नेपालगन्जका पमुख डिल्ली खड्का लगायतको उपस्थिती रहेको थियो ।

अबका दिनमा परीक्षणकालीन सवारी चालक अनुमतिपत्र यातायात ब्यवस्था कार्यालय नेपालगन्ज बाट नै प्रिन्ट हुने र ट्रायल पास गर्नेहरुको पास रसिदसंगै परीक्षणकालीन सवारी चालक अनुमतिपत्र प्रदान गरिने यातायात ब्यवस्था कार्यालय नेपालगन्जका प्रमुख खत्रीले असल शासनलाई बताए । आज पहिलो दिन झण्डै २५ बढीले परिक्षणकालीन सवारी चालक अनुमती पत्र लिएको उनले बताए । यसरी वितरण गरिएको सवारी चालक अनुमती पत्र १ बर्ष सम्म बैध रहनेछ ।

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech