नेपालगन्ज उपमहानगरपालिका परिसरमा हाटबजार

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका परिसरमा एक दिने नब उद्यमी हाटबजार सञ्चालन गरिएको छ ।


स्थानीय महिला उद्यमिहरुले उत्पादन गरेका सामाग्रीहरुको प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त हाटबजार सञ्चालन गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र अन्तर प्रेरणा को सहकार्यमा सञ्चालन गरिएको हाटबजारमा नेपालगन्ज उपमहानगरपालिका भित्र सञ्चालीत नव उद्यमीका उत्पादनहरु जस्तो सिलाईएका कपडाहरु, फुल तथा फुलका गमलाहरु, चुरा, पोते लगायतका सामाग्रीहरु राखिएको थियो ।


हाटबजार प्रद्शनिमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणा, उप प्रमुख उमा थापा मगर, नगर कार्यपालिका सदस्य बसन्ता जोशी, ईन्दिरा शाही लगायत कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो । जनप्रतिनिधि लगायत अन्य ब्यक्तिहरुको आगमनले हौसला थपेको उद्यमीहरुले बताएका छन् ।

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech