खजुरा अस्पतालमा घाँटी र नाकको सफल शल्यक्रिया

असल शासन प्रतिनिधि

नेपालगन्ज /सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुराले ईएनटि सेवा शुरु गरेको छ ।
घाटी र नाकको सफल शल्यक्रिया गरि नाक र घाटी सम्बन्धी समस्याको समाधानका लागि अस्पतालले सेवा शुभारम्भ गरेको जनाएकाे छ ।
अस्पतालका निर्देशक डा. कृष्ण आचार्यले घण्टीमा प्वाल परेर स्वास फेर्न समेत असहज भएपछि अस्पताल भर्ना भएका ८६ बर्षिया तिलक बहादुर डाँगीको असोज १३ गते सफल शल्यक्रिया गरेको बताए ।
यसैगरी आज अस्पतालले बढैयाताल गाउँपालिका १ डाँफे बर्दियाका १३ वर्षीय अविनय सुनारको नाकको सफलतापूर्वक शल्यक्रिया गरेको छ । नाकको हड्डी बांगिएका ति वालकको सफल शल्यक्रिया गरिएको अस्पतालका प्रमुख डा आचार्यले बताए ।
घाँटी र नाकको सफल सल्यक्रिया डा. रबि स्वार र डा. आनन्द कर्ण सहितको टिमले सफलता पूर्वक गरेको प्रमुख डा आचार्यको भनाई थियो ।
नियमित रुपमा अस्पतालले आफ्नो सेवा बिस्तार र सुधार गर्न थालेपछि बिरामीहरुको आकर्षण अस्पताल प्रति बढ्दै गएको पाईएकोछ । यस क्षेत्रका बिरामीहरुलाई सहज र सस्तोमा सेवा प्रवाह गर्न अस्पताल लागि परेको अस्पताल प्रमुख डा. आचार्यले बताए । नाक र घाँटीको मेजर सर्जरी सेवाको अस्पतालले शुभारम्भ गरेसँगै बिरामीहरु आउने क्रम बढ्ने अस्पतालको बिश्वास रहेको छ ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech