भेरीमा मेसु परिवर्तन, डाक्टर थापाको जिम्मेवारीमा चन्द

असल शासन प्रतिनिधि

नेपालगञ्ज/भेरी अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट परिवर्तन भएका छन् ।

नेपाल सरकारले बिहिवार मेसु परिवर्तन गरेको हो । मेसुको रुपमा कार्यरत डाक्टर प्रकाश थापाको जिम्मेवारीमा सरकारले बिरेन्द्र बहादुर चन्दलाई नियुक्त गरेको हो । चन्दले यस अगावै पनि मेसुको जिम्मेवारीमा थिए ।

मन्त्री परिषद स्तरिय बैठकले सो निर्णय गरेको हो । डाक्टर थापा दोश्रो पटक फाल्गुण ८ गते मेसुमा नियुक्त भएका थिए । पूर्ण सफल भएका डाक्टर थापाको कार्यकालमा कोभिड बिशेष अस्पताल, पिसिआर ल्याव, अक्सिजन प्लान्ट स्थापना भएको थियो ।

सरल व्यवहार, काममा उच्च प्रतिबद्धताका कारण सफल भएका डाक्टर थापाको नेतृत्वमा भेरी अस्पताल गत आ.ब.मा देशैभर उत्कृष्ठ भएको थियो । स्वास्थ्य मन्त्रालयले गर्ने न्यूनतम सेवा मापदण्डमा भेरी अस्पताल देशभरकै संघिय अस्पताल मध्ये उत्कृष्ट भएको थियो ।

डाक्टर थापाको कार्यकालमा दुई पटक कोरोना कहरको मार अस्पतालले खेप्नु प¥यो । सेवा प्रबाहमा नराम्रो छबि बनाएको भेरी अस्पतालको छवि डाक्टर थापालेनैं सुधार गरेका हुन् । अझ कोरोना कहरको समयमा डाक्टर थापाले अस्पतालको छबि मात्रै सुधारेनन् भेरी अस्पताललाई सबैको सहारा र आशाको केन्द्र सावित गरे । डाक्टर थापाको नेतृत्व र उच्च व्यवस्थापनमा सयौं कोभिड संक्रमितहरुको ज्यान जोगिएको छ ।

डाक्टर थापाको कार्यकालमा अस्पतालको सरसफाई र सौन्दर्यकरण गर्ने काम हुनुका साथै पहिलो पटक अस्पतालको बार्षिकोत्सव, दाता सम्मान, अर्धबार्षिक समिक्षा लगायतका ऐतिहासिक कार्यक्रम सम्पन्न भए ।

जिम्मेवारी परिवर्तन बारे आधिकारिक सूचना प्राप्त नभएको जनाउँदै डाक्टर थापाले आफ्नो कार्यकाल सबैको सहयोगमा सफल भएको बताए ।

उनले आफ्नो कार्यकालमा एमआरआईको टेण्डर आह्वान भएको, अस्पतालको आवधिक योजना बनाएको, २५० करोडको भौतिक पूर्वाधार बन्ने चरणमा रहेको, ओएमएम सर्भे भएको बताए । उनकै पालामा अस्तव्यस्त रुपमा रहेका सटरहरु भत्काई नयाँ संरचना बनाउने कार्यको शुरुवात भएको थियो ।

 

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech