फरार खटिक प्रहरी नियन्त्रणमा

असल शासन प्रतिनिधि

नेपालगन्ज / बहु बिवाह मुद्दाको फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ की २६ बर्षिया बिना खटिकलाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त खटिकलाई बाँके जिल्ला अदालतले २०७७ साल कार्तिक २० गते ११ महिना १२ दिन कैद फैसला तोकिएको थियो । फैसला पछि फरार रहेका खटिकलाई आज जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर जिल्ला अदालत बुझाएको छ ।

  • १५ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech