कोभिड १९ रोगथाममा सहयोग गर्ने गैससलाई डिसिएमसीको सम्मान

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोभिड १९ रोगथाम, नियन्त्रण तथा उपचार ब्यवस्थापनमा सहयोग गर्ने गैर सरकारीसंस्थालाई सम्मान गरिएकोछ ।
जिल्ला कोभिड १९ व्यवस्थापन समिति (डिसिएमसी) बाँकेले आज एक कार्यक्रमको आयोजना गरी कोभिड व्यवस्थापनमा सहयोग गर्ने झण्डै तिन दर्जन बढी गैससहरुलाई प्रशंसा पत्र सहित सम्मान गरेको हो ।


गैर सरकारीसंस्था महासँघ बाँके शाखाको सहकार्यमा भएको सम्मान कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विपतको समयमा गैससहरुले गरेको सहयोग महत्वपूर्ण रहेको बताए । कोभिडको दोश्रो लहर आउदा बाँके जिल्लामा प्रमुख जिल्ला अधिकारी को रुपमा जिम्मेवारी सम्हालेको बताउदै प्रजिअ गेलालले गैससहरुको सहयोगले कोभिड नियन्त्रणमा सफलता हासिल गरेको बताए । उनले आगामी दिनमा समेत गैससहरुको समन्वय र सहकार्य रहिरहने बिश्वास ब्यक्त गर्दै सहयोग र सहकार्य गर्ने गैससहरुलाई धन्यबाद ज्ञापन गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले सञ्चालन गरेको कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासँघ बाँकेका अध्यक्ष नमस्कार शाहले विपतको बेलामा सबै गैससहरु एकजुट भएर गैसस महासँघको अगुवाईमा गरेको सहयोग तथा सहकार्यको खुलेर प्रशंसा गरे । उनले गैससहरुले हरेक असहज परिष्थितीमा गैससहरुले सरकारलाई सहयोग गरीरहेको स्मरण गराउदै आगामि दिनमा समेत गैससहरुले हरेक सामाजिक काममा अगैसर रहने बताए । उनले गैससहरुलाई प्रशंसा पत्र मार्फत सम्मान गर्ने जिल्ला कोभिड १० व्यवस्थापन समिति बाँकेलाई धन्यबाद ज्ञापन गरे ।

कार्यक्रममा समिति मार्फत कोभिडमा सहयोग गर्ने संस्था र सहयोग सामाग्रीका बारेमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी गराएका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले बोलेका थिए ।

कार्यक्रमका बिच युनिसेफ नेपाल, नेपाल रेडक्रस सासाइटी बाँके शाखा, गैसस महासँघ नेपाल बाँके, बागेश्वरी असल शासन क्लव (बास), रोटरी क्लव सेनटर अफ नेपालगज, अप्टीमिस्ट क्लव नेपालगज, एचसीआर सी अस्पताल, पुर्णतारा फाउन्डेसन, वि ग्रुप, केयर नेपाल, एक्सन एड नेपाल, प्लान इन्टरनेशनल नेपाल, बाके युनेस्को क्लब, गेरुवा ग्रामिण जागरण सघ, मधेशी पत्रकार सघ बाँके, ग्रामिण स्वास्थ्य र शिक्षा गुठी, यमुना रोकाया, गैरआवासीय नेपाली संघ, राष्टिय समन्वय परिषद्, जापान, अवधि पत्रकार संघ, बाँके शाखा, सेभ दि चिल्ड्रेन, आर आर एन, दलित महिला सघ, मदन बाबा भक्ती केन्द्र, फातिमा फाउन्डेशन नेपाल, SSBH बाँके, World Vision International Nepal, रारा मानवीय तथा वातावरणीय श्रोत विकास प्रयास (रेरी), DEC Nepal, एस ‌ओ एस, Nepalese American Chamber of Commerce-Dallas TX US, मिलाप, कमिट नेपाल, GIZ र सामाजीब विकास मंचलाई बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सम्मान पत्र प्रदान गरेका थिए ।

  • १५ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech