ईन्सपाईरिंग युथमा डाक्टर प्रकाश नाग

सफलताका लागि कडा परिश्रम

असल शासन प्रतिनिधि

नेपालगञ्ज/फिजिसियन डाक्टर प्रकाश नागले हरेक व्यक्ति सफल हुनका लागि लक्ष्य हाँसिलमा केन्द्रीत हुनुपर्ने बताएका छन् ।

बासद्वारा साप्ताहिक रुपमा सञ्चालित ईन्सपाईरिंग युथ कार्यक्रममा २२५ औं श्रृंखलामा डाक्टर नागले सो कुरा बताएका हुन् ।

उनले सबै व्यक्तिहरुको सफलता लक्ष्य, उद्धेश्य अनुरुपको कार्यमा भर पर्ने बताए । आफ्नो संघर्षको कथा सुनाएका नागले आफु कक्षा ७ पढ्दा सम्म आफ्नो पढाईमा रुचि नभएको बताए । ७ कक्षा पछि सोचें म त्यति सुन्दर छैन कि म भोली गएर मोडेल बनिहालौं, मैले सोचैं म त्यति बलियो छैन कि भोली गएर म खेलाडी बनौं –उनले आफ्नो संघर्षको कथा सुनाए–अव गर्ने के ? केही थिएन बिकल्प पढ्न् बाहेक, अनि शुरु गरें पढ्न, कक्षामा खाली उतिर्ण हुने मात्र आफु बिस्तारै तेस्रो हुँदै कक्षा टपें ।

नेपालगञ्जको सरकारी बिद्यालय महेन्द्र माबिबाट एसएलसि प्रथम डिभिजनमा उतिर्ण भएपछि अध्ययनको शिलशिलामा भारतको लखनउ जाँदा आफु सबै भन्दा कमजोर बिद्यार्थीको रुपमा अध्ययन शुरु गरेका उनले बताए । उनले भने–त्यहाँ म सँग अध्ययन गर्ने बिद्यार्थीहरु मध्ये सबै भन्दा कम प्रतिशत मेरो थियो, मलाई भर्ना हुनै गाह्रो थियो तर मैले म आफ्नो बिद्यालयको टप बिद्यार्थी भएको बताएपछि मात्रै मेरा भर्ना भएको थियो । उनले थपे–आईएससि पढ्न शुरु गरेको तीन महिना भईसकेको थियो, आफु भने पढाएको, पुस्तकमा भएको कुरा केही पनि बुझ्थेन, परिक्षामा नम्वरै आउँथेन । मेरो नामनैं नो माक्स राख्दिएका थिए शिक्षकहरुले ।

म कमजोर थिए तर पढ्न छोडिन, मैले आफ्नो पुरै ध्यान पढाईमा लगाएँ, नम्वर ल्याउन नसकेर नो माक्स नाम राखिएको मैले २० मा २० नम्वर ल्याएपछि बल्ल शिक्षकहरुले मलाई पत्याउन थाले –उनले आफ्नो सफलताको शुत्र बताएर भने –पासको उल्टो फेल हो भन्छन् तर पासको एउटा भाग फेल पनि हो ।

अनुशासन, निरन्तरता र प्रतिबद्धता सफलताका लागि नभई नहुने कुरा भएको बताएका डाक्टर नागले आफ्नो कडा परिश्रमबाट आफु सफल हुँदै एमबिबिएस पढ्न सकेको बताए । जब एमबिबिएस सकेर म नेपालगञ्ज फर्कें, नौकरीको लागि नेपालगञ्ज मेडिकल कलेज पुगें उनले क्यारियरको संघर्ष सुनाए –मलाई नेपाल मेडिकल काउन्सिल पास गरेको छ भनेर सोधियो, जुन कुरा मलाई थाहै थिएन, मैले पढाईमा यसरी समय दिएँ कि, डाक्टरको रुपमा काम गर्न मेडिकल काउन्सिल पास गर्नुपर्छ भन्ने कुराका समेत पत्तो पाईन । पछि गएर मेडिकल काउन्सिल पास सँगै एमडि गरेपछि फिजिसियनको रुपमा नेपालगञ्ज मेडिकल कलेजमा काम गरें र हाल आफ्नै क्लिनिक मार्फत सेवा दिईरहेको छुँ ।
उनले १०० बढि युवाहरुले खचाखच भरिएको स्थानीय स्वस्तिक कटेजको हलमा आफ्नो संघर्षको कथा मात्रै सुनाएनन् युवाहरुलाई उत्प्रेरणा समेत दिए ।

उनले भने –आफ्नो लक्ष्य र उद्धेश्यमा केन्द्रित हुनुहोस्, सफलता तपाईंहरुकै हातमा छ । स्वर्ग जानलाई मर्नै पर्छ भनेझैं सफल हुनका लागि आफै कडा मेहेनत गर्नै पर्छ, जिम्मेवारी बहन गर्नै पर्छ, जिम्मेवारी आफ्नै लागि बहन गर्ने हो डाक्टर नागले भने–नकारात्मक मा नकारात्मक जोड्दा अझ बढि नकारात्मक हुन्छ, तसर्थ सकारात्मक हुनुहोस्, तपाईं सकारात्मक हुँदा अरु पनि सकारात्मक हुन्छन् ।

युवाहरुलाई पढ्न उत्प्रेरणा दिएका डाक्टर प्रकाशको बिश्वास छ –शिक्षाले सबैको स्तरमा परिवर्तन ल्याउँछ । बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा डाक्टर नागसँग युवाहरु जस्मिन शाह, मुना बिष्ट, तपेन्द्र मलाती लगायतले प्रश्न गरेका थिए ।

कार्यक्रममा भ्रष्टाचार बिरुद्धका अभियन्ताहरु नमस्कार शाह, मन भण्डारी, हेमराज भट्ट, शिबकुमार बर्मा, लागु औषध बिरुद्धका अभियन्ता अभिराज क्षेत्री, हरित अभियन्ता हेमन्त काफ्ले, सिनर्जि ग्रुपका हर्मेश सोनी, बिष्णु गिरी, सन्तोष गुप्ता लगायतको सहभागिता रहेको थियो ।

 

  • १८ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech