मृगौला पीडित नागेशलाई बासको सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्जको स्वस्तिक कटेजमा कार्यरत नागेश सोनी मृगौला रोगबाट पीडित छन् ।

जानकी गाउँपालिकाको जुगुनभरिया निवासी उनका दुबै मृगौलाले काम गर्न छाडेपछी उनी उपचारमा रहेका छन् । उनकी आमाले उनलाई दिन लागेको मृगौला प्रत्यापोण गरिदैछ ।

आर्थिक अवस्था कमजोर भएका उनलाई उपचारमा समस्या भईरहेको छ ।

उपचार सहयोगार्थ बासका कर्मचारीहरुका तर्फबाट रु. १० हजार सहयोग गरिएको छ । शुक्रवार सम्पन्न ईन्सपाईरिंग युथको २२५ औं श्रृंखलामा बासका अध्यक्ष रमेश सिटौला, निबर्तमान अध्यक्ष मन भण्डारी, महासचिव शिब कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाहले उक्त सहयोग रकम मृगौला रोग पीडित नागेशलाई प्रदान गरेका थिए । नागेशले सहयोगको लागि अपिल गरेका छन् ।

  • १८ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech