रोमान्चक बन्दै फुटवल प्रतियोगिता, सोमबार भैरवप्रसाद गण, न्यू डाँफे र रोयल विजयी

असल शासन प्रतिनिधि

नेपालगञ्ज / प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा नेपाली सेनाको भैरवप्रसाद गण, न्यू डाँफे र आयोजक रोयल नेपालगञ्ज फुटबल क्लव विजयी भएका छन् ।
प्रतियोगिता अन्तरगत पहिलो खेलमा भैरवप्रसाद गणले युनाइटेड क्लवलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । भैरवप्रसाद गणको तर्फबाट खेमराज शर्माले ५६ र ६८ मिनेट र संगम चौधरीले ६१ मिनेटमा गोल गरेका थिए । उक्त खेलमा नेपाल आर्मीका युद्ध शाही म्यान अफ म्याच घोषित भएका थिए । उनलाई ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डनले पुरस्कृत गरेको थिए ।


यसैगरी प्रतियोगिता अन्तरगत भएको दोस्रो खेलमा न्यू डाँफेले सडेन डेथमा रेसिङ साहरालाई ६–५ गोलले पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीले एक÷एक गोल गरेपछि खेललाई ट्राइबेकरमा लगिएको थियो । न्यू डाँफेका प्रेम सुनारले ७ मिनेटमै गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । रेसिङका निराजन शाहीले २३ मिनेटमा गोल गरेर बराबरी गरेका थिए ।       ट्राइबेकरमा न्यू डाँफेका तर्फबाट कृष्ण रानाभाट, सन्देश बोहरा, प्रेम सुनार, सुमन बुढाथोकी, कमल विक, सुभाष बुढाथोकीले गोल गरेका थिए भने रेसिङका तर्फबाट मनोज वली, लक्ष्मण रानाभाट, निराजन शाही, टेकेन्द्र विसी, विशाल बमले गोल गरेका थिए । पाँचौमा पेनाल्टी हान्न आएका रेसिङका हरि कठायतले सिधैं किपरको हातमा हानेपछि रेसिङ जीतबाट बन्चित भएको थियो ।
निकै रोमान्चक उक्त खेलमा न्यू डाँफेका दिपकराज सिंह र रेसिङका जागृत बमले रेडकार्ड पाएका थिए । न्यू डाँफेका किपर प्रकाश बुढा म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले पुरस्कार प्रदान गरेका थिए ।
यस्तै सोही दिन भएको तेस्रो खेलमा आयोजक रोयल फुटबल क्लवले धम्बोझी क्लवलाई २–० गोलले पराजित गरेको छ । धम्बोझीका तर्फबाट भीमसेन थापाले ६ मिनेट र विशाल थापाले ५६ मिनेटमा गोल गरेका थिए । उक्त खेलमा रोयलका भीमसेन थापा म्यान अफ द म्याच घोषित भएकोमा उनलाई लिला इन्टरप्राइजेजका प्रोपराइटर सविन घिमिरेले पुरस्कार प्रदान गरेका थिए ।
यसैगरी मंगलबार २ बजे नवदुर्गा युथ क्लव र हेल्थ बिनिफिटनेस र ४ बजे भैरवप्रसाद गण र साइनिङ स्टार युथ क्लवका बीचमा खेल हुने आयोजकले जनाएको छ ।

  • १९ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech