नेपालगन्जमा १९ बर्षिय युवाको शब भेटियो

असल शासन प्रतिनिधि

नेपालगन्जमा १९ बर्षिय युवाको शब भेटियो

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित गायत्री मन्दिर नजिक युवाको शब भेटिएको छ ।
नजिकै रहेको खेतमा बिहान मृत ब्यक्तिको शब स्थानीयहरुले देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । जानकारी पाएपछि घट्ना स्थलमा पुगेको प्रहरीले एक जना युवाको लास फालिएको अवस्थामा भेटाएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ति युवा बर्दियाको राजापुरका १९ बर्षिया रोहित थारुको रहेको पुष्टी गरेको छ । प्रहरीले मृत थारु परिवार सहित बिगत लामो समय देखि सोही स्थानमा बस्दै आएको बुझिएको छ । प्रहरीले घट्नाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • १९ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech