महेन्द्र बहुमुखि क्याम्पसमा दुई समुह बिच झडप

असल शासन प्रतिनिधि

नेपालगन्ज / महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा दुई समुह बिचमा झडप भएको छ ।
जानकारी अनुसार क्याम्पसमा बिद्यार्थीहरुको दुई समुहका बिचमा विवाद सिर्जना भएको थियो । विवाद उत्कर्षमा पुगेपछि त्यहाँ उपस्थिती केहीले खुकुरी समेत देखिएकोे प्रत्यक्षदर्शी बिद्यार्थीहरुले बताए । एक बिद्यार्थीले असल शासनसँग भने स्नातक तहमा अध्ययनरत बिद्यार्थीहरुको बिचमा छलफल भईरहेको थियो विवाद भयो र हातहालाहालसँगै खुकुरी समेत देखाईयो । खुकुरी प्रदर्शन गरिएपछि केही बिद्यार्थीहरुको त्यहाँबाट भागाभाग भएको बताए । यसरी भएको झडपको क्रममा १०० बढी बिद्यार्थीहरु रहेको बताईएको छ । अहिले क्याम्पसमा सहमतिका लागि छलफल भईरहेको बताईएको छ ।
क्याम्पसमा भएको घट्नाका बिषयमा महेन्द्र बहुमुखि क्याम्पस एलएलबिमा अध्ययनरत एक बिद्यार्थी अम्बिका काफ्लेले आफ्नो फेसबुकमा लेखेकि छिन् – महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भएको क्याम्पस भित्रको अमानविय घटना जहां किताब र कलम बोक्ने ठाउॅंमा खुकुरी बोकि खुलेयाम हिडने र भएभित वातारण सृजना गर्ने को छानबिन भई सत्यतथ्य अगाडि ल्याउन सम्बन्धित निकाएको ध्यान होस ।

  • २० आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech