नेपालगन्जमा जिके ग्रुप अफ कम्पनी

असल शासन प्रतिनिधि

नेपालगन्ज / आईटिको क्षेत्रमा काम गर्नै उद्धेश्यले नेपालगन्जमा जिके ग्रुप अफ कम्पनीले आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले बिहिबार एक कार्यक्रमका बिच नेपालगन्जको बास्कोटा मार्केटमा कार्यालय उद्घाटन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गैर सरकारी संस्था महासँघ बाँकेका अध्यक्ष नमस्कार शाहले रिबन काटेर कार्यालयको उद्घाटन गरेसँगै कार्यालय सञ्चालन भएको छ । कार्यक्रमको उद्घाटनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शाहले प्रविधिको युगमा प्रविधिकै क्षेत्रको काम रोज्नु उपयुक्त रहेको बताए । उनले युवाहरुले नेतृत्व गरेको कम्पनीको प्रगतिको शुभकामना दिएका थिए ।
नेपालगन्जसँगै बाँके जिल्लामा प्रविधिको विकास र बिस्तारका लागि काम गर्ने उद्धेश्यले कम्पनीको शाखा नेपालगन्जमा खोलेको कम्पनीका सिईओ लौटन थारुले बताए । कम्पनीबाट सम्पादन हुने कामलाई प्रभावकारी र विश्वनीय ढंगमा गरिने उनले बताए ।
जिके ग्रुप अफ कम्पनीका सदस्य धर्मराज गौतमले सञ्चालन गरेको कार्यक्रममा गैर सरकारी संस्था महासँघ बाँकेका अध्यक्ष नमस्कार शाह, बासका कार्यक्रम संयोजक रबिन्द्र बोहरा, असल शासन मिडियाका तपेन्द्र बहादुर मलाती लगायतको उपस्थिती रहेको थियो ।

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech