इन्स्पाइरिङ्गको २२६औं श्रृखलामा शुभकामना आदान प्रदान

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासले ईन्स्पाईरिङ्ग युथ कार्यक्रमको २२६औं श्रृखलामा दशैको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
बासका संस्थापक सल्लाहकार रुद्र तिमिल्सिनाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा बासका संस्थापक सल्लाहकार रुद्र तिमिल्सिनाले बासका केन्द्रीय पदाधिकारी, कर्मचारी, अतिथि र सहभागिहरुलाई टिका लगाएर दशैको शुभकामना दिएका थिए ।


कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि तिमिल्सिनाले बासले सञ्चालन गरिरहेका कार्यक्रम तथा अभियानहरुले आफुलाई गौरवाम्बित बनाएको बताए । कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि बासका कानुनी सल्लाहकार लोक बहादुर शाहले बास एउटा बिश्वविद्यालय भएको बताउदै विद्यालयमा कस्तो शिक्षा लिने भन्ने कुरा युवाहरुको हातमा हुने बताए । उनले दशैको सबैलाई शुभकामना ब्यक्त गरेका थिए । बासका केन्द्रीय अध्यक्ष रमेस सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बासका केन्द्रीय महासचिब शिव कुमार बर्माले गरेका थिए । कायक्रममा ब्रिनोज कान स्याहार केन्द्रका सिईओ पुरण थारु, बास नेपालगन्ज उपशाखाका अध्यक्ष रितिक शाही, जानकारी गाँउपालिकाका अध्यक्ष दुर्गेश गुप्ता, राप्ती सोनारी गाँउपालिकाका अध्यक्ष बिनकलाल थारु लगायत अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए ।


शुभकामना आदान प्रदान कार्यक्रममा कलाकार महेन्द्र सेडाई, अशोक रावल, लोक बहादुर घर्तीले गित प्रस्तुत गरेका थिए भने साहित्यकार तपेन्द्र बहादुर मलाती र मुना बिष्टले गजल प्रस्तुत गरेका थिए । कार्यक्रमको बिच बासद्धारा सञ्चालीत नाटक तयारी तथा प्रस्तुतीकरण तालिमका सहभागिहरुले भ्रष्टाचारबिरुद्धको नाटक मन्चन गरेका थिए । कार्यक्रममा बासका स्वयम् सेवक ममता क्षेत्री र आस्ना थारुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन रबिन्द्र बोहराले गरेका थिए ।

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech