परिवर्तन पुस्तक बिमोचन

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास आबद्ध कर्मचारी तथा स्वयम् सेवकहरुको अनुभवको संगालो परिवर्तन बिमोचन भएको छ ।
बासको इन्स्पाईरिङ्ग युथ कार्यक्रममा आयोजित दशैको शुभकामना आदान प्रदान कार्यक्रमका बिच उक्त पुस्तक बिमोचन गरिएको छ । बासका संस्थापक सल्लाहकार रुद्र तिमिल्सिना, कानुनी सल्लाहकार लोक बहादुर शाह, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले संयुत्त रुपमा उक्त पुस्तकको बिमोचन गरेका थिए । पुस्तकमा बासका कर्मचारी जश्मिन शाह, पद्मा थापा, शोभा सुवेदी, श्रुती चौधरी, पवित्रा गिरी बुढाथोकी, स्ुमित्रा बुढाथोकी, पबित्रा शर्मा, मनिष बर्मा, गोमा अधिकारी, ईब्राहिम खान, जागृती गुप्ता, स्वस्तिका भट्ट र मिना घर्ती मगर, बासका स्वयम् सेवक सुशिल चौधरी, सुनिता अधिकारी, तारा रिजाल, बासका इन्र्टन सरिता बिक, उमा चौधरी, आस्ना थारु गरी १९ जनाको अनुभव प्रकाशन भएको छ ।

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech