रुबी खान काठमाडौंबाट पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जकी रुबि खान काठमाडौंबाट पक्राउ परेकी छिन् । खानलाई बहुविवाह मुद्दामा पक्राउ गरिएको हो । सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी खानलाई जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरी अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्र पठाएपछि उनी पक्राउ परेकी हुन् ।

महिला हिंसाविरुद्ध बाँकेमा भएका दुईवटा घटनाको सत्यतथ्य छानबिनको माग गर्दै नेपालगन्जबाट २० दिनको पैदल यात्रापश्चात् उनी काठमाडौं पुगेकी थिइन् । १३ जनाको टोलीसहित काठमाडौं पुगेकी उनलाई अदालतमा उपस्थित गराउने भन्दै माइतीघर मण्डलाबाट पक्राउ गरिएको हो ।

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech