भ्रष्टाचार बिरुद्व शङ्खनाद

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बासले प्रकाशन गरेको भ्रष्टाचार बिरुद्वको गजल संग्रह शङ्खनाद बिमोचन भएको छ । शनिबार आयोजित बिशेष कार्यक्रमका बिच उक्त गजल संग्रह बिमोचन भएको हो । बरिष्ठ साहित्यकार सनत रेग्मी, बासका सल्लाहकार वरिष्ठ पत्रकार पुर्णलाल चुके, कानुनी सल्लाहकार लोक बहादुर शाह, शिक्षाविद्व किरण आचार्य, असल शासन मिडियाका प्रवन्ध निर्देशक किरण कार्की, बासकी उपाध्यक्ष लुना बुढाथोकी, किर्तिकार मन भण्डारी, दिला शाह, मुना विष्ट, तपेन्द्र बहादुर मलाती (अवशेष) लगायतले संयुक्त रुपमा उक्त संग्रहको बिमोचन गरेका थिए ।

गजल संग्रहमा बासका निवर्तमान अध्यक्ष मन भण्डारीका १४, बासकी कार्यबाहक कोषाध्यक्ष दिला शाहका १०, पुर्व केन्द्रीय सदस्य नेम बहादुर शाहीका १०, बासकी जन सम्पर्क अधिकृत मुना बिष्टका १० र तपेन्द्र बहादुर मलाती (अवशेष) का १० वटा गजल समावेश छन् । गजल संग्रहमा संग्रहित गजलले भ्रष्टाचार बिरुद्व खरो बोलेका छन् ।

बिमोचन कार्यक्रममा बरिष्ठ साहित्यकार सनत रेग्मी, बासका सल्लाहकार वरिष्ठ पत्रकार पुर्णलाल चुके, कानुनी सल्लाहकार लोक बहादुर शाह, शिक्षाविद्व किरण आचार्य, असल शासन मिडियाका प्रवन्ध निर्देशक किरण कार्की, साहित्यकार रिचा लुइटेल, डेक नेपालका कार्यक्रम ब्यवस्थापक जीवन गिरी लगायले शुभकामना दिएका थिए भने साहित्यकार खगेन्द्र गिरी (कोपिला) ले संग्रहको वारेमा चर्चा गरेका थिए ।


बासका महासचिब शिब कुमार बर्माले स्वागत गरेको कार्यक्रमको उद्देश्य माथि प्रकास बासका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए । बासकी केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको बिमोचन कार्यक्रम बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराले संचालन गरेका थिए ।

  • २४ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech