मृगौला पीडित नागेशलाई विद्यार्थीले गरे सहयोग

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/ मृगौला पीडित नागेश सोनीलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ । नेपालगन्जस्थित मध्यपश्चिम बहुमुखी क्याम्पसमा अध्यानरत विद्यार्थीहरुले उक्त सहयोग गरेका हुन् ।

जानकी गाउँपालिकाको जुगुन भरिया निवासी सोनीको दुवै मृगौलाले काम गर्न छाडेपछी उनी उपचारमा रहेका छन् । पीडित सोनीकी आमाले मृगौला दान गर्ने भए पनि प्रत्यापोण गर्न आर्थिक अभाव भएको जानकारी पाएपछि विद्यार्थीहरुले व्यक्तिगत रुपमा सहयोग संकलन गरी रु. ६ हजार ६ सय ५० सहयोग गरेका छन् । संकलित रकम शुक्रबार क्याम्पस परिपसरमा पीडित सोनीलाई हस्तान्तरण गरिएको विद्यार्थी समूहका संयोजक अशोक रावलले बताए ।

त्यसैगरी आफ्नो जन्म दिनको अवसरमा बासका निर्देशक हेमराज भट्टले रु. ३ हजार ५, बासकी सदस्य शान्ति शाहले २ हजार १ सय, बासकी इन्टर्न सरिता बिकले १ हजार रकम सोनीलाई सहयोग गरेका छन् । सोही कार्यक्रममा बासकी केन्द्रीय कार्यबाहक कोषाध्यक्ष दिला शाहले १ हजार ५ सय र केन्द्रीय सदस्य खेम विष्टले २ हजार १ सय नागेशलाई सहयोग गरेका छन् ।

  • २४ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech