राप्तीमा फसेका ब्यक्तिको सकुशल उद्धार

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाढीको कारण राप्ती नदीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ बस्ने ४ जना स्थानीय सोमबार बेलुका माछा मार्ने क्रममा राप्ती नदीको बीच भागमा फसेका थिए ।

स्थानीय बासिन्दा नदीमा फसेको जानकारी पाएपछि पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आज बिहान सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती नदीमा फसेका डुडुवा गाउँपालिका वडा नम्बर ४ निवासी ५५ वर्षका सौखात नाउ, ४५ वर्षीय साबिर खाँ, ३० वर्षका प्रमोद लोनिया र ६० बर्षीय नजिर खाँको उद्धार गरिएको हो।

नदीमा फसेका अन्य ३ जनाले भने सोमबार राती पौडी खेलेर नदी तर्न सफल भएका थिए। अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ।

  • २ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech