अबिरल वर्षा हुन्छ म तिमीलाई सम्झिन्छु….

दिपा दर्लामी मगर

कहिले तिमीलाई कालीगण्डकीमा उर्लिएका भेलले बगाउला कि भन्ने पिरले त कहिले तिम्रो आँगनमा फुलेका र झुलेका बालाहरुलाई बहुलिएर आएको हावाहुरी र पानीले नष्ट गर्ला कि भन्ने पिरले………
तिमी द्वारा पालित पोषित भएर होला तिम्रो आँगनमा उत्पादनका रङ्गहरुले अनेकौं आयामहरू भर्दै मेरा भावी सन्ततिहरुलाई पालित पोषित गराउन तिम्रो सुरक्षार्थ अनेक गर्न चाहन्छु तर…….
यो बेला अति मर्माहत छु तिम्रो आँगनमा मेरो पसिनाले सिञ्चित धानका लहलह बालाहरू सोत्तर भएका छन्, तिमी अनि म विवश उस्तै उस्तै विवश छौँ……

यस पालिको बर्षातले कृषकले नसोचेको क्षति बेहोर्नु परेको छ । विउ विजन, मल समयमा नपाईनु त छदैं थियो पाए पनि दोब्बर मुल्य चुकाएर नै भएपनि खेति गरिएको थियो । तर यसरी आउने बेला बखतको बेमौसमी प्राकृतिक प्रकोपले अझै क्षति पुर्याईदिदाँ कुन किसानको मन नदुख्ला र ? यसलाई सम्बन्धित निकाय (स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार) ले क्षतिको मुल्यांकन गरि केही राहत प्याकेज ल्याई कृषकको दुखेको घाउमा मल्हम लगाउने पहल कदमी होस्……..

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech