बिभिन्न माग सहित कर्मचारी आन्दोलनमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । मंगलबार प्रशासन शाखामा तालाबन्दी गरेका उनीहरुले आजदेखि आपतकालिन सेवा बाहेकका अन्य सबै सेवा बन्द गरेका छन् । तलब बृद्धी लगायत विभिन्न सात बुँदे माग राख्दै नेपालगन्ज, कोहलपुर र चिसापानी सबै ठाउँको सेवा बन्द गरी कर्मचारीहरु आन्दोलनमा अत्रिएका हुन् ।

कर्मचारीहरुले आफ्ना माग पुरा गर्न व्यवस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन् । सरकारले उपलब्ध गराएको सेवासुविधा समेत अस्पताल प्रशासनले आफैले राखेको र कर्मचारीहरुलाई नदिएको उनीहरुको आरोप छ । पाँच बर्षदेखि तलब बृद्धी नभएको भन्दै तलवभत्ता वृद्धि हुनुपर्ने मुख्य माग सहित आन्दोलन गरेका कर्मचारीहरुले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

आपतकालिन सेवा बाहेक अन्य सेवा बन्द गर्नु अघि आयोजित कोणसभालाई सम्वोधन गर्दै आन्दोलन परिचालन समितिका संयोजक यमबहादुर खड्काले अस्पतालले कर्मचारीहरुको माग पुरा गर्न उदासिन देखिएको र शोषण गरेको आरोप लगाएका छन् ।

हरेक क्षेत्रका कर्मचारीहरुको प्रत्येक वर्ष तलब बृद्धी हुने गरेको भएपनि नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुको पाँच वर्षदेखि तलववृद्धि नभएको कर्मचारीहरुको आरोप छ। स्थायी, अस्थायी र करारका कर्मचारीहरुको तहगत रुपमा नेपाल सरकारले कायम गरे अनुसार तलव, भत्ता र सेवा दिनु पर्ने उनिहरुको भनाइ छ ।

पोषाक भत्ता स्वरुप प्रतिमहिना ६ सय रुपैयाँ दिने गरिएकोमा यसलाई दोब्बर पार्नु पर्ने, जोखिम र फर्मालिन भत्तालाई दुई सयबाट वृद्धि गरी पाँच सय पु¥याउनु पर्ने लगायतका मागहरु रहेका छन् ।

अस्पतालले पटकपटक सहमति गर्ने र त्यसको पालना नगर्ने गरेको विषयमा आपत्ती जनाउदै भोलिसम्म माग समवोधन नभए आन्दोलन थप कडा गरिने उनिहरुको भनाइ छ।

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech