हमाललाई नेपालगन्ज उपमहानगरपालिकाको स्वागत

असल शासन प्रतिनिधि

नेपालगन्ज/ लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसरक्षण मन्त्री सुरेन्द्र हमाललाई नेपालगन्ज उपमहानगरपालिकाले बधाइ ज्ञापन सहित स्वागत गरेको छ । उपमहानगर प्रमुख डा. धवलसम्शेर राणा, उपप्रमुख उमा थापामगर, विभिन्न वडाका वडा अध्यक्ष तथा कर्मचारीले स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हमालले नेपालगन्जबासीले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । लुम्बिनी प्रदेशका ठुला शहरलाई हरित शहर बनाउन योजना बनाईरहेको बताउदै नेपालगन्ज र बाँकेमा बोटानिकटल पार्क, जडिबुटी प्रशोधन केन्द्र, बागेश्वरी मन्दिर पार्कको स्तरउन्नती लगायत नेपालगन्ज उपमहानगरपालिकाबाट प्रस्तुत मागहरु पुरा गर्ने मन्त्री हमालले बताए।

उपमहानगर प्रमुख डा. धवल शमशेर राणाले यस अघि प्रदेश सरकारले नेपालगन्जलाई विभेद गरेको भन्दै अब नगरबासी नै मन्त्री भएपछि उपमहानगरले प्राथमिकता पाउने आशा र अपेक्षा राखेको बताए । नेपालगन्जमा रहेका तालहरुको स्तरउन्नती गरी वातावरण संरक्षण गर्नुपर्ने, प्रदुषण न्यूनीकरण गर्नुपर्ने, पार्क निर्माण लगायत विभिन्न खालका विकास निर्माणका योजना प्रस्तुत गर्दै नगर प्रमुख राणाले प्रदेश सरकारबाट ठुलो अपेक्षा राखिएको धारणा राखेका थिए ।

यस्तै उपमहानगरपालिकाकी उप–प्रमुख उमा थापा मगरले नेपालगन्ज क्षेत्रबाट निर्वाचित सांसद मन्त्री भएपछि नेपालगन्जबासीका अपेक्षा बढेको र विकासले पनि गति लिने बिश्वास ब्यक्त गरिन् ।

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech