नेपालगन्जमा सांकेतिक भाषा

असल शासन प्रतिनिधि

नेपालगन्जमा सांकेतिक भाषा

नेपालगन्ज/ १० दिने आधारभुत नेपालि सांकेतिक भाषा तालिम नेपालगन्जमा सञ्चालन भएको छ । राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना, ग्क्ब्क्ष्म् को सहयोग एवम ह्यान्डीक्याप ईन्टरनेशनल, विश्व शिक्षाको सहकार्य र शिक्षा तथा मानव श्रोत विकाश केन्द्रको समन्वयमा सञ्चालित “नेपालि सांकेतिक भाषामा सबैका लागि पहँुच” कार्यक्रम अन्र्तगत शुक्रबार तालिमको उद्घाटन भएको हो ।
सुनाई सम्बन्धि अपाङ्गता भएका विद्यार्थी केन्द्रित शिक्षकहरुको गुणस्तरिय भाषिक संचार सिप विकास गर्ने उद्देश्यले सञ्चालन भएको तालिम १० दिन सम्म चल्ने छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाको प्रमुख आथित्यमा भएको कार्यक्रमको अध्यक्षता राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव सन्तोष के.सि.ले गरेका थिए । यो परियजना नेपालका १० जिल्ला धनकुटा, पर्सा, मुस्ताङ्ग, कास्कि, भक्तपुर, दाङ्ग, बाँके, सुर्खेत, कैलालि र डडेलधुरा जिल्लामा सञ्चालित रहेको छ । १० दिने तालिममा धनकुटा, कास्कि, दाङ्ग, बाँके, सुर्खेत, कैलालि, डडेलधुरा गरी ७ जिल्लाका २० जना सहभागिहरुले भाग लिएका छन् ।
तालिम बहिरा विद्यालयका श्रोत शिक्षकहरुलाई केन्द्रित छ । तालिममा कान सुन्ने र नसुन्ने श्रोत शिक्षकहरुको सहभागिता रहेको छ । तालिममा सपना अधिकारीले दोभाषेको भुमिका निभाएकी छन् ।

  • ५ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech