चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ स्थानीय तहको निर्वाचन आगामी चैत पहिलो साताभित्र गर्न निर्वाचन आयोगले सरकारलाइ सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले कानून बमोजिम चैत पहिलो साताभित्र स्थानीय तहको चुनाव हुनुपर्ने बताएको हो ।

स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ । कार्यकाल सकिनु तीन महिनाअघि नै निर्वाचन हुनुपर्ने प्राबधान छ ।

त्यस्तै फागुनमा रिक्त हुने राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न आयोगले सरकार समक्ष सिफारिस गरेको छ । आयोगले स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि ३० करोड रुपैयाँ माग गरेको हो ।

आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने कार्य छठ लगत्तै सुरु गर्ने योजना बनाएको छ । यस्तै आयोगले अब नयाँ कानुन अनुसार चुनाव गर्ने प्रस्ताव पनि गरेको छ ।

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech