कसैको दवावबाट राजिनामा दिन्न– प्रधानन्यायाधीश राणा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सडकबाट दवाव दिएको भरमा आफूले राजीनामा नदिने बताएका छन् । सर्वोच्च अदालतका १५ जना न्यायाधीशसँग मंगलबार भएको छलफलमा प्रधानन्यायाधीश राणाले विवादित न्यायाधीशहरूले राजीनामा दिएमात्र आफूले पनि राजीनामा दिने बताएका हुन् ।

संवैधानिक प्रक्रिया पूरा गरेर आफू प्रधानन्यायाधीशमा नियुक्त भएकाले कसैको दवावमा परी राजीनामा दिए न्यायालय ध्वस्त हुने राणाको तर्क छ ।
विभिन्न राजनीतिक नियुक्तिमा भाग खोजेको भन्दै प्रधानन्यायाधीश राणा विवादमा मुछिएपछि सर्वोच्चका न्यायाधीहरू सोमबारदेखि इजलाशमा अनुपस्थित भएका छन् ।

प्रधानन्यायाधीश राणासँगको छलफलपछि आफ्ना धारणा तय गर्न न्यायाधीशहरू फेरि छलफलमा जुटेका छन् ।

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech