चर्ती फ्लोराले मनायो बार्षिकोत्सव

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज स्थित चर्ती फ्लोराले दोश्रो बार्षिकोत्सव मनाएको छ ।
२०७६ कार्तिक ९ गते स्थापना भएको उक्त फ्लोराले अनौपचारिक रुपमा बार्षिकोत्सव मनाएको हो ।

फुलबाट बनेका विभिन्न माला लगायत प्राकृतिक उपहारहरु बिक्री, बितरण गर्दै आएको उक्त संस्थाले बार्षिकोत्सवको अवसरमा व्यवसाय प्रबर्द्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने असल शासन मिडिया, निलसागर सेवा आश्रम नेपालगन्ज र सरिता थापा शाहलाई प्रोपराईटर बिन्दु चर्ती मगरले मायाको चिनो प्रदान गरि सम्मान गरेकी थिईन् ।

असल शासन मिडियाका अध्यक्ष नमस्कार शाह लगायतले सम्मान ग्रहण गरेका थिए । नेपालगन्ज औद्योगिक क्षेत्र अगाडी रहेको उक्त फ्लोराकी प्रमुख बिन्दु चर्ती मगरले बार्षिकोत्सवको अवसरमा सबै ग्राहकहरुलाई धन्यवाद ज्ञापन गरिन् ।

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech