छ महिनापछि आवेदन खुल्ला

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुल्ला गरिएको छ ।  यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुल्ला गरेको हो ।

एक्कासी चाप बढ्ने भएकाले सार्वजनिक सूचनाविना नै आवेदन आवेदन खुल्ला गरिएको विभागले जनाएको छ । कोरोना महामारीका कारण वैशाख बाट नयाँ लाइसेन्सको लागि आवेदन स्थगित गरिएको थियो । ६ महिनापछि सोमबार साँझ ५ बजेबाट आवेदन खुल्ला गरे पनि चाप धेरै भएकाले अनलाइन फारम भर्नेलाई समस्या भएको छ । बिभागका अनुसार ९ लाख जनाले एकैचोटी सिस्टममा फारम भर्न प्रयास गर्दा समस्या आएको छ । फारम भरेर बसेका नयाँ लाइसेन्स लिनेको संख्या अझै साढे ३ लाख बढी रहेको विभागले जनाएको छ।

अब फारम भर्नेहरुले विभागको नयाँ मापदण्डअनुसार लिखित र ट्रायल दिन पाउने छन् । सबैले स्मार्ट लाइसेन्स पाउने छन् । नयाँ मापदण्डअनुसार लिखितमा ६० प्रतिशत र ट्रायलका विभिन्न चरणमा ७० अंक ल्याएमा पास हुने ब्यवस्था गरिएको छ ।

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech