माग बमोजिम अघि बढदै चर्ती फ्लोरा

असल शासन प्रतिनिधि

पुष्प व्यावसाय सन्चालन गर्दै आएको नेपालगन्ज स्थित चर्ती फ्लोराले दोश्रो बार्षिकोत्सव मनाएको छ । २०७६ कार्तिक ९ गते स्थापना भएको उक्त फ्लोराले फुलबाट बनेका विभिन्न माला लगायत प्राकृतिक उपहारहरु बिक्री, बितरण गर्दै आएको छ । बार्षिकोत्सवको सन्दर्भमा फ्लोराकी प्रोपराईटर बिन्दु चर्ती मगरसङ्ग असल शासनले गरेको कुराकानी यहाँ प्रस्तुत छ :-

१. चर्ती फ्लोराको स्थापना कसरी भयो ?

– सानै देखि बुवाको प्रेरणाबाट म पुष्प व्यावसायमा आकर्षित थिएं । लामो समय देखि म फुलको खेती गर्दै आएको थिएं । खजुराको के गाउँ, कोहलपुर र राँझा गरेर दुई बिगाहामा फुल खेती गर्दै आएको सन्दर्भमा ग्राहक र बजारको आवश्यकता परिपुर्ति गर्नका लागि चर्ती फ्लोरा स्थापना गरिएको हो ।

२. दुई बर्षे यात्रा कस्तो रह्यो ?

– हाम्रो फ्लोरा स्थापना भएको केही समय पछिनै कोभिडको संकट आयो, दुई बर्षनै कोभिडले प्रभावित बनायो तर पनि ग्राहकहरुको माया, ममताले व्यावसाय राम्रै चलिरहेको छ ।

३. फ्लोराको बिशेषता के हो ?

– हाम्रो विशेषता बिना बिषादीको पुष्प बिक्री, बितरण हो । हामी शुद्धतामा बिश्वास गर्छौं । यहि हाम्रो बिशेषताले हामीले ग्राहकको मन जितेका छौँ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै ठाउँहरुबाट माग आईरहेको छ । हामीले माग बमोजिमको सेवा उपलब्ध गराईरहेका छौँ ।

४. भावी योजना के छ ?

– चर्ती फ्लोरालाई ब्राण्डिङ गर्ने, नेपालगन्जको एक स्थानमा र अन्य स्थानमा शाखा स्थापना गर्ने, गुणस्तर कायम गर्ने र ग्राहकको इच्छा बमोजिमको सेवा प्रदान गर्ने हाम्रो योजना छ ।

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech