नेपालगञ्जमा एघार हजार महाद्वीप प्रज्वलन हुने

पुजा वैश्य

नेपालगञ्ज /नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरमा एघार हजार दियो प्रज्वलन गर्ने कार्यक्रम हुने भएको छ ।

तिहारको शुभ अवसरमा जय सियाराम युवा क्लबले बागेश्वरी मन्दिरमा ११ हजार दियो बाली महादिपोत्सव मनाउने भएका हुन् । आउने कार्तिक १६ गते मंगलबार सो कार्यक्रम हुने भएको हो ।

धनवन्तरी जयन्ती (धन्तेरस) को दिन बागेश्वरी मन्दिरमा भगवान र माताको फोटो राखेर पुजा गरी उत्सवको प्रारम्भ गर्ने छन् । उक्त पर्वको तयारी व्यापकताका साथ भईरहेको जय सियाराम युवा क्लबका अध्यक्ष सुशील साहुले जानकारी दिएका छन् । महाद्वीप उत्सवमा ११ हजार दियो बाल्ने कार्यक्रम भव्यताका साथ बनाउने तयारी गरिरहेको अध्यक्ष साहुले जनाएका छन् । हिन्दु सनातन धर्मका भगवान रामले वनवासको अवधि समाप्त पछि अयोध्या फर्किएको खुसीमा दियो बाली स्वागत गर्ने गरिन्छ ।

दीपावलीको अवसर पारेर राम भगवानको भब्य शोभा यात्रा समेत निकाल्ने जनाइएको छ । माता बागेश्वरी महादिपोत्सवको १ दिन पहिला जय सियाराम युवा क्लबद्वारा कार्तिक १५ गते सोमबार साँझ ५ बजे श्री राजाराम रैली खाटु श्यामबाबा मन्दिर, शितलनगर देखि सुरु गरी बजार क्षेत्र भरी परिक्रमा गर्दै बागेश्वरी मन्दिर पुगेर समापन गर्ने छन् । राम भगवानको शोभायात्रामा ठुलो जनमानसको सहभागिता हुने अपेक्षा लिईएको
छ ।

त्यसैगरी महादिपोत्सवकै दिन मध्यान्न १२ बजे देखि रामायणको सुन्दरकाण्ड पाठ पनि हुनेछ र उक्त पाठको समापन पश्चात साँझ ५ बजे देखि महादिपोत्सव ११ हजार दियो प्रज्वललन कार्यक्रम सुरु हुने जनाईएको छ ।

  • १० कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech