राजापुरमा निःशुल्क स्वास्थ्य शिविर

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बर्दियाको राजापुरमा सोमबार सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै राजापुरमा औषधीसहित जनरल तथा गाइनो सेवा सञ्चालन गरेको हो ।

शिविरमा २ सय जनाले सेवा लिएको बैंककी कर्मचारी सुभद्रा प्रसाईले जानकारी दिइन् ।

बैंकले चाडै राजापुरमा शाखा स्थापना गर्न लागेको समेत जनाएको छ । लाई सो क्रममा बैंकका कर्मचारीमार्फत १ हजार खाता खोलिएको उनले बताइन् ।

  • १० कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech